×
Lagani
Lagani Shiksha gif
अख्तियार पछि सम्पति शुद्दीकरण बिभाग पुग्याे राप्रपा



काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी अख्तियार दुरूपयोग अनुसन्धान आयोग पछि सम्पत्ति शुद्दीकरण बिभाग पुगेको छ ।

 

Lagani Shiksha gif
sharehubapk अख्तियार पछि सम्पति शुद्दीकरण बिभाग पुग्याे राप्रपा

राप्रपाले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको हो ।

 

राप्रपाले आफ्नो एजेण्डा बनाउदै र प्रमुखताका साथ उठाउदै आएको यो विषयलाई आज औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा प्रवेश गराएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल आज आयोगको कार्यालय हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएका हुन ।

सम्पत्ति छानविन गर्न माग गर्ने नेपालका राजनीतिक दल मध्ये सम्भवतः राप्रपा पहिलो दल भएको पनि उनको दावी रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस