×
एमाले सचिवालय बैठक सुरू



काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ।

 

च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे ।

 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेकाे हाे । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

 

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बसेकाे हाे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस