×
Lagani
Lagani Shiksha gif
माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने



काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।

Lagani Shiksha gif
sharehubapk माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैध नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः

– नेकपा (माओवादी केन्द्र)

– नेकपा (एकीकृत समाजवादी) 

-रास्ट्रीय जनमोर्चा, नेपाल

– नेकपा (मसाल) 

– नेपाल कम्युनिस्ट पार्टी

– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल 

– बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल 

– नेकपा 

– नेकपा (बहुमत)

– नेपाल समाजवादी पार्टी 

– जसपा 

 

– देशभक्त समाजवादी स्कुल 

– राजनीतिक सम्वाद अभियान

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस