×
Lagani
Lagani Shiksha gif
मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण



बाँके, २६ असार ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन । 

 

Lagani Shiksha gif
sharehubapk मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण

बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन्। मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।

 

निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन(स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस