×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय सभा बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने



काठमाडौं, २४ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय सभा बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । 

 

जसअनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सबन्धित मन्त्रिले उत्तर दिनेछन् ।

 

सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वबिधालय एेन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित बिधायनहरूको कार्यान्यवन अवस्था सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

साथै, पुर्व प्रतिनिधिसभा सदस्य गोबिन्दप्रसाद शर्मा र संबिधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्ताव पारित गरिने भएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस