साताको तेस्रो कारोवार दिन मंगलवार बजार खुलेको करीब एक घण्टाको अवधिमा आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
आज कम्पनीको सेयर अधिकतम ९२२.६० पुगेको थियो भने न्यूनतम ८१३.४० पुगेको थियो। हाल समाचार तयार पर्दा सम्म कम्पनीको शेयर ८२० मा कारोबार भैरहेको छ। केहि लगानिकर्ता समुहले उक्त कम्पनीको शेयरमा कर्नारिंग गरेको अनुमान गर्न सकिन्छ। केहि दिन देखि संकलन गरेको शेयर डम्पिङ्ग गर्न सुरु गर्दा शेयर मुल्यमा एत्रो अन्तर आएको सजिलै बुझ्न सकिन्छ।
आइतबार कम्पनीको अन्तिम तिरको फ्लोरसीट हेर्नेहो भने चलखेल भएको स्पस्ट बुझ्न सकिन्छ। ८१३/१४ मा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य एक्कासी ९३२ पुग्नु कुनै प्राकृतिक बृधि हैन यो सिधै चलखेल गरेको भन्ने बुझ्न सकिन्छ। आजको मार्केट डेप्टमा हेर्नेहो भने पनि यहि कुरा स्पस्ट छ, कम्पनीको शेयर मुल्यमा एकै दिन करिब १० प्रतिसत बढेर पुन घटेको देख्न सकिन्छ।

आइतबारको अन्तिम समयको फ्लोरसीट
लगानीकर्तालाई महँगो मुल्यमा शेयर भिडाएर आफु बाहिर निस्कन खोजेको देख्न सकिन्छ। फेक अर्डर राखी सोझा लगाइकर्तालाइ फसाएर आफुले थुपारेको शेयर बेच्न खोजेको भन्ने सजिलै अनुमान लगाउन सकिन्छ।

समाचार तयार पर्दा सम्म कमनिको ६८ हजार ११० किताको कारोबार भएको छ। कम्पनीको शेयरमा चलखेल भएको हुनसक्ने भएका हुनाले लगानीकर्ता सतर्क हुनुपर्ने देखिन्छ।

नेप्से र अन्य कम्पनीको शेयरमूल्य घट्दा उक्त कम्पनीको शेयरमूल्य बढेको छ
नोट : हामीले सोझा लगानीकर्ता नफसुन भनेर यो समाचार लेखेका हौ। त्यसकारण यो समाचारको आधारमा लगानीको निर्णय लिदा नोक्सान भएमा हामि जिम्मेवार हुने छैनौ।
















