SINDU 667 -6 NWCL 975 -13.9 MLBBL 1635 15 SMFBS 1505.2 6.2 LEC 276.8 -6 KSBBLD87 1093.4 18.4 CZBIL 242 -10 MFLD85 1050 -20 SBID83 1098 8.7 PROFL 655 7 FMDBL 758 -0.1 SANIMA 326 -10.2 LBBL 475 -4.8 GILB 1268.4 4.4 MMKJL 543.6 9.6 SPL 813 -12.1 HEIP 381.8 20.8 ICFC 823.9 74.9 ULBSL 3199 37 PPCL 262 -5.2 UNHPL 266 0 MKHL 493 -6 MHL 725 3.5 NYADI 305.4 -6.6 NMBMF 695 -10 HBL 260 -13 NHPC 220.1 0 GMFIL 623 1 PBD84 1065 1.7 SHPC 525 -3.9 UMHL 308 -4 LUK 9.21 -0.09 SPDL 310 5 SFEF 9.29 0.22 MLBSL 2000 -26 CIT 2195 0 GBIME 256.1 -4.4 DORDI 429 -3.3 HRL 861 -4 NRIC 803 -5
×
स्वास्थ्य बिमामा आजदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने



आज (माघ १ गते) देखि स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ ।

बोर्डले आजदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बिमित बिरामीले आफैले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए ।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बिमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए ।

“बिमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले,” उनले भने, “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौं ।” उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बिमितले १० प्रतिशत रकम तिर्न नपर्ने छ ।

सहभुक्तनी प्रणाली संघीय अस्पताल, २५ शैयाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सातजना बिमा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बिमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए ।

उनका अनुसार अहिले सक्रिय बिमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् । यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी संक्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस