NICL 990.2 -4.8 SMH 1064.8 5.9 HATHY 1322 13 CHDC 1684 -35.9 KEF 9 0.28 NTC 980.1 -2.4 PBLD87 1028 -2 NBL 292.2 1.2 SAPDBL 569.6 -7.4 SBL 345 -8.1 UAIL 639 -1 NESDO 2229 -18 MBJC 321 -8 SAEF 11.22 0.17 MSHL 938 3 NICA 452 -13 MNBBL 395.8 -0.8 MEHL 380.1 -19.9 SMHL 613.1 -4 NRN 905 -8 NYADI 305.4 -6.6 CYCL 1540 -7 NICD88 1032 -21 NICLBSL 705.5 -7.5 NFS 1350 -43 NADEP 1030 -55 DDBL 916.2 3.1 KSBBLD87 1093.4 18.4 UNL 48870 -930 CZBIL 242 -10 HURJA 220 -4.6 JSLBB 1513.9 38.9 DLBS 1374 30 ADBL 367 -11.1 GUFL 735 5 WNLB 2650 -80 IGI 600 -4 GBBLPO 205 0 NIMB 241.9 -9.1 NICAD8283 1169.8 86.8
×
धार्मिक भावनामा आँच पुर्‍याएको आरोपमा संस्कृतिमन्त्री किराँतीविरुद्ध उजुरी



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उजुरी परेको छ ।

काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।  यही ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गराउन निवेदक लुईंटेलले माग गरेका छन् ।

‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दु धर्मको भावनाले ओतप्रोत भई धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०/९/१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नुु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्‍याई क्रिश्चियनवाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार समेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्‍याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्‍याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्‍याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरल समेत भै रहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६(१) को कसूरमा ऐ. को दफा १५६ (२) बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ,’ निवेदकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस