×
Lagani
Lagani Shiksha gif
तीन महिनामा ९ अर्ब १३ करोडको धितोपत्र सार्वजनिक निष्काशन।



चालू आर्थिक वर्षको तीन महिनामा ९ अर्ब रुपैयाँ भन्दा बढिको धितोपत्र सार्वजनिक निष्काशन भएको छ । नेपाल राष्ट्र बैंक्ले सार्वजनिक गरेको देशको वर्तमान स्थितीको तथ्यांकमा यस्तो उल्लेख गरिएको हो ।

‘समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ’, राष्ट्र बैंकले तथ्यांकमा उल्लेख गरेको छ ।

Lagani Shiksha gif
sharehubapk तीन महिनामा ९ अर्ब १३ करोडको धितोपत्र सार्वजनिक निष्काशन।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

त्यसैगरि, सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस