NIMB 241.9 -9.1 PBLD87 1028 -2 JOSHI 305 -6.8 API 289.5 2.5 SRBLD83 1065 -10 GMFIL 623 1 PMHPL 260 -4 NLG 1317 2 KPCL 493 -0.8 EBLD85 1105 5 SWMF 812 -13 NIBD2082 1099 0 JBLB 1534 -3 KRBL 613 0 ICFC 823.9 74.9 NLIC 814 -13.4 SNLI 585.1 -0.9 SIKLES 707 -3 CHCL 568.9 -8.1 C30MF 9.74 0 TPC 465 6 BGWT 934.9 -21.1 NABBC 631 -12 SHIVM 599 -8 PHCL 465.1 -9.9 NBLD85 1025 0 BFC 625 9.1 BHDC 583 5.4 UAIL 639 -1 KBL 234 -6.9 GBBL 447 -6 TVCL 461 1 MHNL 265.5 -0.5 CCBD88 1123.1 6.1 ILBS 980 -21.5 NSIF2 10.52 0.02 FMDBL 758 -0.1 BPCL 449 -7 MDB 630 -3.8 SMATA 875 -16
×
दसैँमा सामूहिक सन्देश पठाउन टेलिकमको ‘ग्रुप एसएमएस’, कति लाग्छ शुल्क ?



नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ ।

पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ ।

यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ ।

हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ ।

यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ ।

यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस