नेसनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा , लगानीकर्तामा खुशियाली

नेसनल माइक्रोफाइनान्स लघुवित्तले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधीलाई वितरण हुनेछ । नेसनल माइक्रोफाइनान्सको हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ छ ।

सेयरधनीलाई बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।