×
Lagani
Lagani Shiksha gif
थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स



नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ।

साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। हालसम्म यी तीन कम्पनीहरू समेत ३२ कम्पनीहरूले नयाँ ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् ।

Lagani Shiksha gif
sharehubapk थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्। नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका ११ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरिक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस