


नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ।
साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। हालसम्म यी तीन कम्पनीहरू समेत ३२ कम्पनीहरूले नयाँ ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् ।
यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्। नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका ११ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरिक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted