निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ ।

बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो । सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ ९ मंसिरमा बुक क्लोज हुनेछ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।