KRBL 613 0 MANDU 885 -14 EBLD86 1040 -2 CITY 805 -17 SPDL 310 5 NICLBSL 705.5 -7.5 MHCL 410 -7 KSBBLD87 1093.4 18.4 SBD87 1048 11.9 MEL 292 2 BOKD86 1040 18 HBL 260 -13 HIDCLP 183 -2 GBBL 447 -6 H8020 10.2 -0.05 PRSF 9.54 -0.11 BNT 14350 -50 RLFL 625 6.9 RBCL 17071 -109 ALICL 714.5 -1.2 EDBL 645 -1.9 NMB50 10.3 0.05 GLH 244 -2 CGH 909 -5 CMF2 9.21 -0.1 SHL 512 -4.5 SAHAS 505 28 DORDI 429 -3.3 GMFBS 1512.1 -16.9 IGI 600 -4 WNLB 2650 -80 SIGS2 10.05 0 DOLTI 538 10 NICGF 10.56 -0.28 NRM 426.1 -4.9 EHPL 840 7.9 NBL 292.2 1.2 RBCLPO 12300 88 VLBS 902.5 -7.5 GHL 218.5 -1.1
×
आजदेखि खुल्यो आईएमई लाइफ इन्स्याेरेन्सको प्रिमियम आईपीओ।



आईएमई लाइफ इन्स्याेरेन्सको बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ ।

यसअघि कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबारबाट आवेदन खुला गरेको हो ।  यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ ।

यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
samay sharma
Guest
samay sharma
July 7, 2023 9:04 am

kasari apply garne



ताजा समाचार

लोकप्रिय
सिफारिस