SHL 512 -4.5 SWMF 812 -13 LICN 1995.9 -27.1 SBCF 9 -0.2 LVF2 9 0 RADHI 397.9 7.9 SICL 832 0 SHINE 473 -1.8 ULBSL 3199 37 BHL 440 -13 CZBIL 242 -10 USHEC 523 -7 PBLD87 1028 -2 SNMAPO 190 0 SPL 813 -12.1 ILI 483.5 -2.5 UNL 48870 -930 SHPC 525 -3.9 SBL 345 -8.1 SGHC 393.6 0.1 NBF3 9.04 0.17 CIZBD90 1081 1 CITY 805 -17 MKHL 493 -6 LBLD86 1081 -0.2 NIBLGF 9.1 0.38 RIDI 235 0 NTC 980.1 -2.4 MANDU 885 -14 HPPL 316.3 -3.6 USHL 783.2 -13.7 RNLI 495.5 1.5 NICGF 10.56 -0.28 NRIC 803 -5 GCIL 498 -5.8 SDBD87 1035 4 KEF 9 0.28 GBBLPO 205 0 MLBSL 2000 -26 MEL 292 2
×
नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै



वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ ।

एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए । कहिले मुद्दा र कहिले अर्थ समितिको निर्देशनले प्रक्रिया रोक्न विलम्ब गरेका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो ।

तथापि, योबीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ । सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका छन् ।

बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४६ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी २ वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४३ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो । त्यो मध्ये १८ वटालाई लाइसेन्स दिइसकेको छ ।

साथै, मुलुकको पुँजी बजार विस्तार भएन भने ९३ वटा ब्रोकरलाई टिक्न गाह्रो हुने अनुमान छ । त्यसैले, रियल सेक्टरलाई भित्र्याउनेदेखि एनआरएनलाई पुँजी बजारमा लगानी गर्नेसम्मको वातावरण नियामक निकायले बनाइदिन जरुरत रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस