×
Lagani
Lagani Shiksha gif
असारभित्रै कारोबार सुरु गर्ने नयाँ ब्रोकरको तयारी , लगानीकर्ता उत्साहित।



धितोपत्र दलालको लाइसेन्स पाएका ७ नयाँ ब्रोकर कम्पनीले असारभित्रै कारोबार शुरू गर्ने तयारी गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले ब्रोकर कम्पनीको भौतिक पूर्वाधार निरीक्षण सकिसकेको र नेप्सेकै कारोबार प्रणालीमा जोडिने हुदा असारभित्रै कारोबार शुरू गर्ने तयारी गरेका हुन्।  गणेश सेक्युरिटिज लिमिटेड,  सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि,  क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, प्रोपर्टी विजार्ड लिमिटेड , हिमालयन ब्रोकरेज लिमिटेड र  शेयरप्रो सेक्युरिटिज प्रालिले असार महिनामै कारोबार सुरु गर्ने तयारि गरेका हुन्।

Lagani Shiksha gif

स्रोतका अनुसार ७ ब्रोकर कम्पनीको भौतिक पूर्वाधार निरीक्षणको प्रतिवेदन नेप्सेको सञ्चालक समितिबाट पारित हुन बाँकी रहेको छ।  त्यस्तै त्यी कम्पनीले तयार गरेको प्रणालीलाई नेप्सेको कारोबार प्रणालीले सपोर्ट गर्नुपर्छ । पहिलो चरणमा ब्रोकर लाइसेन्स पाएका ७ कम्पनीले   ब्रोकर लाइसेन्स पाएकै हप्ता ती कम्पनी नेप्सेको सदस्यता लिन पुगेका थिए । नेप्सेबाट अनुमति पाए संगै राफसाफ सदस्यका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेडको पनि सदस्यता  लिनु पर्ने छ।

आशयपत्र पाइसकेका र भौतिक पूर्वाधार तयार गरिसकेका कम्पनीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने तयारी गरेका छन्।  नयाँ ब्रोकर आए संगै लगानीकर्तामा पनि थप उत्साह  बढेको छ। हाल पुराना ब्रोकर कम्पनीका रूपमा ५० कम्पनी सञ्चालनमा छन् भने अब ४३ ओटा नयाँ ब्रोकर कम्पनी थपिदै छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Hem
Guest
Hem
June 30, 2023 12:03 am

Good



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस