×
Lagani
Lagani Shiksha gif
जीवन बिमा कम्पनीहरुको बिमा शुल्क १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी



जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस