आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

आरएसडीसी लघुवित्त वित्तीय संथाको लाभाश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार साेमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा एसियन होटल कालिकानगर बुटवलमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साथै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेडा छन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।