×
Lagani
Lagani Shiksha gif
लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



लक्ष्मी लघुवित्त वित्तीय संथाको लाभांश सुरक्षित गर्ने सोमबार अन्ति दिन रहेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले ३० कात्तिकमा बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउने छन् ।संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा अग्रवाल भवन, कमलपोखरीमा दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

Lagani Shiksha gif

सभामा संस्थाको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित सात दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साथै, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस