NLO 242.1 0 GRDBL 743 5 CHDC 1684 -35.9 PRVU 248 -10 KMCDB 1027.8 -11.1 KPCL 493 -0.8 NICBF 9.3 -0.08 GVL 538.5 -22 CHCL 568.9 -8.1 PFL 652 -1 HBLD83 1056.3 0.3 UNL 48870 -930 USLB 1467 -2.9 NESDO 2229 -18 GBBLPO 205 0 LLBS 1050 5 GBIME 256.1 -4.4 SBLD84 1040 19.3 CHL 353 0.4 HIDCL 270.7 -4.1 SAMAJ 3321.1 1.1 CIT 2195 0 NLICL 606 -4 MMF1 8.98 0.1 AHL 651 2 HLI 472 -4 SMB 1809 4 MDB 630 -3.8 NLIC 814 -13.4 NABIL 594 3 SPIL 853 -18 HURJA 220 -4.6 SINDU 667 -6 LICN 1995.9 -27.1 CLI 634 -4.9 NICAD8283 1169.8 86.8 UMRH 475 -1.9 KBL 234 -6.9 SFCL 704.1 63.6 PRSF 9.54 -0.11
×
बिक्री भएन दाङमा उत्पादित मह



दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन ।

उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा पर्नुभएको छ । त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गर्नुभएको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गर्नुभएको छ । उहाँले भन्नुभयो, “साढे तीन टन मह थन्काएर राखेको छु ।” उहाँहरु त उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन ।

भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । “बिना भन्सार भारतबाट मह आउँछ”, किसान शर्माले भन्नुभयो, “भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।” विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् ।

कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ । “यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो”, उहाँले भन्नुभयो, “तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ ।” बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ, तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ ।

भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ । जिल्लामा हाल पाँच सय हाराहारीमा मौरी पालक किसान छन् ।

किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताउनुभयो । दाङमा मात्रै करिब दुई सय टनभन्दा बढी मह बिक्री नभएको उहाँले बताउनुभयो । उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । “जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो, “भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ ।” मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् ।

जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताउनुभयो । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ ।

यस वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस