KSY 9.22 -0.19 API 289.5 2.5 SBID83 1098 8.7 GCIL 498 -5.8 LEC 276.8 -6 MMF1 8.98 0.1 EDBL 645 -1.9 PCBL 292 -2 VLBS 902.5 -7.5 SDBD87 1035 4 SFMF 10.2 -0.2 HLI 472 -4 PPL 461 -2.5 HRL 861 -4 UHEWA 476 -11 BGWT 934.9 -21.1 SPL 813 -12.1 SLBBL 958.9 -4.2 PBLD87 1028 -2 NMB50 10.3 0.05 PRSF 9.54 -0.11 KSBBL 448 -3 BEDC 470 0 SAPDBL 569.6 -7.4 CGH 909 -5 SWBBL 1065 2.1 NIFRA 280 -5 SIKLES 707 -3 KMCDB 1027.8 -11.1 NHDL 570 0 HLBSL 1010 -10 NIL 912 8 AVYAN 909 -6 MSHL 938 3 SHPC 525 -3.9 UPCL 262.2 -2.7 SPIL 853 -18 SONA 473.2 -7.8 SRBLD83 1065 -10 SBLD89 1200 16.1
×
भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो



केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् ।

यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ ।  चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु-याइएको छ ।

यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस