


बिगत ४२ बर्षदेखि नेपाली बजारमा विभिन्न प्रकारको भाँडाहरु उपलब्ध गराउदै आएको कम्पनी हो भिएमआई ग्रुप ।
कम्पनीले प्रेस्टो, शालिमार र भिएमआई ग्रुपको आफ्नै नामबाट विभिन्न प्रकारका भाँडाहरु उत्पादन गर्दै आएको छ । नेपालमै पहिलो पटक एनएस (नेपाल गुणस्तर) प्रमाणीकरण पाएको प्रेस्टोले प्रिमियम क्वालिटीका प्रेसर कुकरहरु र शालिमारलेएल्युमिनियमका भाडाकुँडाहरु उत्पादन गर्दछ । त्यस्तै, भिएमआई ग्रुपले आफ्नै नामबाट तामा, कांस्य र पितलका भाँडाकुँडाहरु बजारमा उपलब्ध गराउदै आएको छ ।
आजभन्दा करिब ४२ बर्ष अघि एभरेष्ट बर्तन उद्योगको नामलले कन्हैयालाल बैद्यद्धारा भीएमआई ग्रुपको स्थापना भएको थियो । त्यसबेला परमपरागत बिधिले हस्तनिर्मित तामाका भाँडाहरुको उत्पादन गरिन्थो । सो भाडाहरु बनाउन चाहिने तामाको चक्का/पाताहरु जपानबाट वा काठमाण्डौं उपत्यकामा रहेको मिलहरुबाट मगाउने गरिन्थो । सन् १९८५ मा यस ग्रपले औद्योगिक क्षेत्र नेपालगञ्जमा भिनोद मेटल इन्डस्ट्रिज निर्माण गर्यो र मिर्जापुरबाट रोलिब मिल/मेसिन ल्याएर आफैले तामा र पीतलको चक्का/पाताहरु उत्पादन गर्न थाल्यो । नेपाली बजारमा पुरातन कांस्यका भाँडाको माग देखेपछि सन् १९८७ देखि यस ग्रुपले शुद्ध कांस्यका भाँडा बनाउन थाल्यो ।
कांस्यका भाँडाहरुमा ग्राहकहरुबाट राम्रो मूल्याङ्कन पाएर आँफुलाई यस उद्योगमा अग्रगामी रुपमा स्थापना गर्न सफल भएको यस ग्रुपले सन् १९९३ मा औद्योगिक क्षेत्र नेपालगञ्जमै विजय मेटल इन्डस्ट्रिजकोस्थापना गरि एल्युमिनियम चक्का/पाताहरुको पनि उत्पादन गर्न सुरु गर्यो । जसको उत्पादन संगै भीएमआई ग्रुप अलौह धातुका भाँडाहरुको नेपालकै सबैभन्दा ठुलो उत्पादक र आपूर्तिकर्ता बन्ने मौका पायो । यसको २ बर्ष नबित्दैै, ग्रुप आफैले एल्युमिनियम भाँडाहरुको उत्पादन गरि आपूर्तिका लागि भारतमा भर परेको नेपाललाई आत्मनिर्भर हुन योगदान पुर्यायो ।
सन् २००९ मा भिएमआई ग्रुपले पार्वतीपुर, शमशेरगञ्जमा नयाँ कारखाना निर्माण गरेर प्रेस्टो प्रेशर कुकरको उत्पादन सुरु गर्यो । जसले प्रतिष्ठित एनएस (नेपाल गुणस्तर) प्रमाणीकरण समेत प्राप्त गरेको छ । त्यसपछी भिएमआईले ग्राहकको माग अनुसार सन् २०१६ देखि स्टेनलेस स्टील प्रेसर कुकर र सन् २०१८ देखि घरायसी एलपीजी स्टोभ, हार्ड एनोडाइज्ड प्रेसर कुकर र १६-२४ लिटरका एल्युमिनियम प्रेसर कुकरको समेत आपूर्ति गर्न थाल्यो ।
राम्रो संचालन भएकाले यस ग्रुपले ISO 9001:2015प्रमाणीकरण समेत पाएको छ । हाल, बजारमा विभिन्न ब्रान्डका उच्च र कम गुणस्तरका भान्साका सामानहरू उपलब्ध छन् । यसले ग्राहकहरूलाई भिएमआईबाट कुन उत्पादनहरू छन् भनेर जान्न गाह्रो बनाउँछ, त्यसैले गु्रपले आफ्ना सबै उत्पादनहरूमा ब्रान्डिग गर्ने निणर्य गरेको छ ।
यसरी, ग्राहकहरूले ब्रान्डको नाम हेरेर कचौरा, प्लेट र गिलास जस्तासानो सामान खरिद गर्दा पनि गुणस्तरीय उत्पादनहरू सजिलै पहिचान गर्न सक्छन् ।