API 289.5 2.5 USHL 783.2 -13.7 NSIF2 10.52 0.02 GLH 244 -2 HLI 472 -4 NLICL 606 -4 CORBL 958.8 -10.2 EHPL 840 7.9 NIBLGF 9.1 0.38 C30MF 9.74 0 SBCF 9 -0.2 STC 5908 9 KBLD86 1115 0 KPCL 493 -0.8 AHL 651 2 SFMF 10.2 -0.2 SMHL 613.1 -4 MSHL 938 3 GBBL 447 -6 MEN 631.1 -3.9 FMDBL 758 -0.1 HIDCL 270.7 -4.1 UHEWA 476 -11 NICBF 9.3 -0.08 LBBLD89 1208.5 23.5 KBL 234 -6.9 NICL 990.2 -4.8 KMCDB 1027.8 -11.1 AKJCL 209 -3 ICFC 823.9 74.9 MATRI 1405 -8 SFCL 704.1 63.6 BOKD86 1040 18 SBLD84 1040 19.3 GCIL 498 -5.8 RURU 740 -9.8 MMF1 8.98 0.1 MEHL 380.1 -19.9 MLBBL 1635 15 PMLI 562 1
×
मौरीपालनमा मोह : बर्षेनी लाखौ कमाउदै रामपुरका न्यौपाने।



पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ ।

रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी छन् । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रूपमा कहलिएका छन् ।

उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन् । आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रूपमा अगाडि बढाइरहेका छन् ।

‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’ उनले भने ।

गोलासहितको मौरीघार रु नौ हजार, खालीघार रु पाँच हजारमा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो रु एक हजार एक सयमा बिक्री हुने गरेको छ । एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउछन् । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ । मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झैँ आहार व्यवस्थापन गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’ उनले विसं २०५५ देखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । घरमा परम्परागत (मुढे घार) १५/२० घारमा बाउ बाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रूपमा नै उनले आधुनिक घारबाट अगाडि बढेका उनीलेभारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरी पालनलाई व्यावसायिक रूपमा सुरु गरेका छन् ।

स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रूपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रूपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने ।

उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अस्ट्रेलिया, जापानमा कोसेलीको रूपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमित रूपमा मौरीपालन व्यवसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् ।

‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने ।

कृषि ज्ञान केन्द्र पाल्पाले मौरी पालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउछन् । मौरी प्रवर्द्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ ।

‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भने, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरी पालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस