GRDBL 743 5 LUK 9.21 -0.09 MBLD2085 1085 6.5 SNMAPO 190 0 PROFL 655 7 BOKD86 1040 18 LLBS 1050 5 RURU 740 -9.8 MKCL 1497 -26 MEHL 380.1 -19.9 PBD88 1102.1 2.1 SANIMA 326 -10.2 RHGCL 388 0 VLBS 902.5 -7.5 CITY 805 -17 SFMF 10.2 -0.2 UAIL 639 -1 SJCL 326 -3.7 NABBC 631 -12 NSIF2 10.52 0.02 KPCL 493 -0.8 BFC 625 9.1 FOWAD 1479 0 PBD85 1079.9 19.9 AHL 651 2 SBLD84 1040 19.3 NABIL 594 3 MEL 292 2 NRM 426.1 -4.9 MHCL 410 -7 LICN 1995.9 -27.1 C30MF 9.74 0 NMLBBL 769 -11 SHINE 473 -1.8 SICL 832 0 API 289.5 2.5 AHPC 267 -0.6 SJLIC 477 -7.5 SGIC 641.2 -4.8 PRIN 968 4
×
इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो



इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६० दशमलव १७ प्रतिशतले बढेर आठ करोड ५९ लाख ६७ हजार रुपैयाँ गरेकाे छ । गतवर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन नाफा १६८ दशमलव ०४ प्रतिशतले बढेर पाँच करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यसैअवधिमा यसले दुई करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने तीन दशमलव २८ प्रतिशतले बढेर चार दशमलव ६५ प्रतिशत पुगेको छ । तीन महिनामा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । गतवर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस