


एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले निस्कासन गरेको आइपीओ आज बिहान ९ बजे एनएमबि क्यापिटल मार्केटको आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा बाँडफाँट भएको छ। यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदक मध्य ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेका छन् भने बाकि आवेदकको हात खाली रहेको छ ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।