HDHPC 208.8 -4.1 GLH 244 -2 NICAD8283 1169.8 86.8 AKPL 248.5 -2.5 SHEL 242.9 -4.7 SPC 520 5 PROFL 655 7 CHDC 1684 -35.9 NABBC 631 -12 EBLD85 1105 5 HBL 260 -13 UHEWA 476 -11 SBLD89 1200 16.1 BHDC 583 5.4 FOWAD 1479 0 SONA 473.2 -7.8 SPL 813 -12.1 GLBSL 1600.4 -29.6 HURJA 220 -4.6 SRLI 443.1 -4.9 SMJC 574 -6 GVL 538.5 -22 SAMAJ 3321.1 1.1 SADBL 419 -1 HHL 439 -3.2 SBCF 9 -0.2 EHPL 840 7.9 AHPC 267 -0.6 SFCL 704.1 63.6 ADBL 367 -11.1 AHL 651 2 HRL 861 -4 BNHC 466.9 0.7 RBCLPO 12300 88 PBD85 1079.9 19.9 BHL 440 -13 TPC 465 6 PSF 9.51 -0.09 CIT 2195 0 KDL 1059 16
×
आकस्मिक सार्वजनिक बिदामा बैंक बन्द नहुने



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो।

‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।

‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारू गर्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो। तर, अब आकस्मिक रूपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा सेवा दिनुपर्नेछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस