SHEL 242.9 -4.7 SINDU 667 -6 UNHPL 266 0 NLICL 606 -4 PRVU 248 -10 HIDCL 270.7 -4.1 MCHL 488.3 -3.7 NUBL 730 2.8 NMB 263.9 -7.1 GMFIL 623 1 SFMF 10.2 -0.2 NICA 452 -13 MLBL 398 -6.9 MFLD85 1050 -20 MEN 631.1 -3.9 SHINE 473 -1.8 HBL 260 -13 KBL 234 -6.9 PPCL 262 -5.2 EHPL 840 7.9 MKCL 1497 -26 ACLBSL 1035 0 SMH 1064.8 5.9 SWBBL 1065 2.1 SMPDA 910 -1 PBD88 1102.1 2.1 ADBL 367 -11.1 ALICL 714.5 -1.2 JOSHI 305 -6.8 BGWT 934.9 -21.1 NIBD84 1030 -20 SMB 1809 4 NGPL 472 -2.9 SALICO 747 -9.1 HEIP 381.8 20.8 NSIF2 10.52 0.02 SHIVM 599 -8 MKHC 339 -1 NIMBPO 176.9 -1.1 BARUN 379 -6.1
×
एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति सार्बजनिक , १४ लाख बढीको हात खालि हुने।



एशियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ ।

कम्पनीले निस्कासन गरेको आइपीओ आइतबार बिहान ९ बजे एनएमबि क्यापिटल मार्केटको आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा बाँडफाँट हिने भएको छ। यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय  कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस