×
Lagani
Lagani Shiksha gif
५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस



राष्ट्र बैंकको निर्देशनपछि बिहिबार लघुवित्तको सेयर मुल्यमा भारि गिरावाट आएको छ।

३७ लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेका छन् भने ३ कम्पनीको ९ दशमलभ ९ प्रतिसत बढीले घटेका छन्। त्यसैले गर्दा लघुवित्त समूहको परिसूचक ९ दशमलव ५४ प्रतिशतले घटेको छ। जसको कारणको हो राष्ट्र बैंकले संसोदन गरेको निर्देशिका।  नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७८ लाई संशोधन गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा प्रस्तावित् लाभांश को ५० प्रतिशत जगेडामा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

Lagani Shiksha gif

त्यसका साथै उक्त निर्देशनमा धेरै कडाई हुने गरि नयाँ निएम लागु गरिएको थियो। सेयरमूल्यनै गिराउने गरि आएको त्यो निर्देशनमा के के छन् त् ?

लाभांश वितरण सम्बन्धी व्यवस्थाः वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

ग्राहक संरक्षण कोष सम्बन्धी व्यवस्था :  (क) खुद मुनाफाको १ प्रतिशत रकम,
(ख) वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ।

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा:  संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्नेछ । साथै, वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्नेछ । सो कोषमा जम्मा भएको रकम निम्नानुसार हुने गरी अर्को आर्थिक वर्षमा खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

निक्षेप/बचतको व्याजदर सम्बन्धमा : लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ ।

कर्जाको अधिकतम सीमा ७ लाखमा सीमित : विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा रु. ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ । तर, यस पूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

एक ऋणीलाई एउटा मात्रै लघुवित्तले कर्जा दिन पाउने : बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् । यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नु पर्नेछ । तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन । साथै, साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

circular no 5 D 2 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

circular no 5 D 3 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

circular no 5 D 4 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

circular no 5 D 5 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

circular no 5 D 6 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

circular no 5 D 7 scaled ५० भन्दा बढी लघुवित्तको सेयर मूल्यनै गिराउने राष्ट्र बैंकको निर्देशनमा त्यस्तो के छ ? जान्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस