×
Lagani
Lagani Shiksha gif
प्रभु बैंकको शेयर कारोबार रोक्का , नेप्सेले माग्यो स्पष्टिकरण



नेप्सेले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ।

बैंकले गरेको लाभांश घोषणाको जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट बञ्चित गराई धितोपत्रको मूलल्यमा प्रभाव पारेकोले भनि नेप्सेले स्पष्टिकरण मागेको हो।  साथै नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गर्नको लागि पनि निर्देसन दिएको छ।

Lagani Shiksha gif

नेप्सेले जारि गरेको पत्रमा यस्तो लेखिएको छ। “उपर्युक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत श्री प्रभु बैंक लिमिटेडको च.नं.5५७/०७८/७९, मिति २०७८/०७/२३ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । धितोपत्र सूचीकरण विनियमावली, २०७९ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता बुदाँ नं. ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा त्यस कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्नु अघि सोही बिनियमावलीको २२ (१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १:०० बजे देखि ३:०० बजे सम्ममा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसंग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूलल्यमा प्रभाव पारेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ १। (ख) मा भएको व्यवस्था अनुसार त्यस कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैंठक बसि लाभांश घोषणा गरेको हो ? यस सम्बन्धमा यो पत्रका मितिले ७ (सात) दिन भित्रमा स्पष्टिकरण पेश गर्नु हुन मिति २०७८/०७/२५ को निर्णयानुसार अनुरोध गर्दछु ।”

41dc59c62ce64ca8c516aa09d30aa9dd page 001 scaled प्रभु बैंकको शेयर कारोबार रोक्का , नेप्सेले माग्यो स्पष्टिकरण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस