MPFL 436.3 0.3 MNBBL 355 8 JOSHI 312.3 4.3 TPC 477 7 VLUCL 474 10 NBF2 8.35 0.27 DORDI 401 -2 PBLD84 1083 52 MCHL 370 0.5 SKBBL 835 5 SIGS2 7.96 0 AHPC 162.5 0.5 MLBLD89 1095 -5.1 RMF1 8.12 0.15 CMF2 8.48 0.32 SHL 442 5.1 NICSF 8.9 0.15 MEL 227 -0.7 GVL 446 4.5 AKPL 167.4 2.3 NFS 512.5 -7 SPIL 812.6 21.6 LBBLD89 1120 1 GRDBL 435 2 NESDO 2006 20 MLBL 330.1 2.1 SRLI 459.5 24.5 NMBMF 699.7 22.7 CBBL 859 7.2 SPC 525 14.1 SPHL 462 -3 MHNL 225 -1 RBCLPO 10768.1 418.1 KKHC 223 3 C30MF 8.3 0.03 RHGCL 376 -7.9 PBD88 1027 -3.3 KSY 8.05 0.02 SLCF 7.91 -0.05 SGIC 566.5 37.5
×
रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन



निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ ।

युवराज पौडेल सफलले  रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी नै  खारेजीको माग गर्दै निवेदन दिएका हुन ।

गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उनको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए । सिन्धुलीका पौडेलको समेत निवेदनका कारण उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी मुक्त भएका लामिछानेको पार्टी नै गलत कागजात पेश गरी दर्ता गरेको भन्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका हुन ।

दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिएका पौडेल आज निर्वाचन आयोग पुगेका हुन । सर्वोच्च अदालतको पुर्ण पाठ नआएसम्म काठमाडौं प्रहरीले भने हिजो दिएको उजुरी दर्ता गरेको छैन् ।

328145673 1461306024275832 4411647758930811511 n रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस