×
दान पेटिकामा जम्मा भएको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा।



पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

उनले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन र त्यसको साटो मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने र त्यसमा रकम सहयोग गर्न आग्रह गरेका थिए। अहिले उनले दान पेटिका बन्द गरिएको जानकारी दिंदै आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

मन्त्री किरातीले बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख  ४३४ रकम जम्मा भएको बताएका छन्। उक्त रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापना गर्न प्रयोग गर्ने उनले बताए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस