×
Lagani
Lagani Shiksha gif
लामो समयपछि एक्कासि बढ्यो निफ्राको शेयरमूल्य



लामो समयदेखि राम्रो प्रदर्सन गर्न नसकेको  निफ्राको शेयरमूल्य आज बढेको छ।

आज बैंकको शेयर मूल्य २३ रुपिया आर्थत ६ दशमलब ५९ प्रतिसतले बढेर ३७२ रुपिया पुगेको छ। आज ३५५.९० मा कारोबार सुरु भएको निफ्राको शेयर मूल्य कम्तिमा ३५५ पुगेको थियो भने बढीमा ३७५मा कारोबार भएको छ।

Lagani Shiksha gif
sharehubapk लामो समयपछि एक्कासि बढ्यो निफ्राको शेयरमूल्य

Screenshot 2021 11 08 145413 लामो समयपछि एक्कासि बढ्यो निफ्राको शेयरमूल्य

बैंकले गत वर्ष माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस