×
एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज



काठमाडौं, २२ कात्तिक:  एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज साेमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ २३ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, नेप्सेमा साेमबारसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यसले पाँच दशमलव ४१ प्रतिश नगद लाभांश वितरण गर्दै छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न ५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि, धरान उपमहानगरपालिका- १३ मा आयोजना हुनेछ ।

सभामा संस्थापक सेयरधनी समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित पाँच दशमलव ४१ प्रतिशत अर्थात् नाै करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस