×
राप्रपाबाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको छ ।

हिजो भएको मन्त्रालय भागबण्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री हुनेछन् भने अरु मन्त्री छनोटको अधिकार पनि लिङ्देनलाई नै दिइएको छ ।

उपाध्यक्ष ध्रुवबहादुर प्रधान मन्त्री बन्ने बारे आफैले पुष्टि गरे । उनलाई सहरी विकास मन्त्रालय दिने भनिएको छ । भागवण्डामा यो मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)लाई छुट्याइएको थियो तर उपेन्द्र यादवले उपराष्ट्रपति नपाए सरकारमा नजाने अडान लिएपछि शहरी विकास राप्रपातिर जाने सम्भावना बढेको हो।

राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए । तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस