लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ  वार्षिक साधारणसभा आह्वान गरेकाे हो ।

सभामा  चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि सात दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।