×
Lagani
Lagani Shiksha gif
म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !



दाङमा एक व्यक्तिको बैंक खातामा राखेको रकम चोरी भएको छ। मंगलबार बिहान दंगीशरण गाउँपालिका– ५ मिरौली घर भई हाल तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैयाँ चोरी भएको हो।

मंगलबार बिहान फेसबुक एनआइसी एसिया बैंक नामबाट म्यासेन्जरमा म्यासेज आयो। उनले त्यसमा ‘रेस्पोन्स’ गरे। उताबाट आफू एनआइसी एसिया बैंकको कर्मचारी भएको बताउने एक व्यक्तिले खातामा समस्या देखिएको कुरा बताए। खाता बनाउनका लागि भन्दै खाता नम्बर र मोबाइल नम्बर मागे।

Lagani Shiksha gif

म्यासेजमा उनले बैंकको नाम र लोगो भएकोले चौधरीलाई ती व्यक्तिमाथि विश्वास लाग्यो। उनले ती व्यक्तिलाई आफ्नो खाता नम्बर तथा मोबाइल नम्बर दिए। मोबाइलमा फोन पनि आएपछि उनले झनै विश्वास गरे । ‘पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउँथ्यो’, उनले भने, ‘अहिले पनि त्यही होला भनेर पठाएँ।’

मोबाइल नम्बर र खाता दिएपछि केही समयमा मोबाइलमा ओटिपी कोड आयो। चौधरीलाई ओटिपी कोर्ड आफूभन्दा अरूलाई थाहा दिनुहुँदैन भन्ने थाहा थियो, तैपनि कर्मचारी नै हुँ भन्दै मागेपछि उनले त्यो कोर्ड दिए।

‘दुईपटकसम्म त कोड पनि दिइनँ, त्यो कोर्डको म्याद दुई मिनेटसम्म हुँदोरहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘त्यसपछि दिएँ।’

उनले त्यो ओटिपी कोर्ड दिएको केही समयपछि दुई लाख २० हजार रुपैयाँ खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो। त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआइसी एसिया बैंकमा खबर गरे।

त्यहाँ जाँदा उनको खताबाट सीधै सिटिजन बैंकमा पठायो । त्यहाँबाट एभरेस्ट, मेघा बैंकमा पठाइसकेको पाइयो। त्यसपछि चौधरीलाई सीधै प्रहरी कार्यालयमा सम्पर्क भनेपछि उनी प्रहरी कार्यालयमा पुगे।

कुन खातामा पठाएको, कुन व्यक्तिको खातामा पठाएको भन्ने प्रस्ट थाहा भएकाले त्यहीअनुसार कदम अगाडि बढाइएको चौधरीले बताए।

उनका अनुसार चोरी गर्ने व्यक्तिको खाता कोहलपुर शाखामा रहेको बुझिएको छ ।  एनआइसी एसिया बैंकका प्रमुख राजीव वलीले भने कुनै पनि व्यक्तिले ओटिपी (वान टाइम पासवर्ड) नम्बर कसैलाई पनि दिन नहुने बताए।

खाता ह्याक गर्ने गिरोह सक्रिय भएको अवस्थामा फेसबुक, म्यासेन्जरलगायत अन्य कुनै पनि माध्यमबाट मागे पनि बैंक, खाता, मोबाइल नम्बर, ओटिपी कोर्डजस्ता बैंकका विवरणहरू कसैलाई पनि नदिन  उनले अनुरोध गरे।  नयाँ पत्रिकाबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस