×
सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रवि लामिछानेको सहयोग , के गर्लान रवि ?



काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोपग मागेको छ ।

काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ ।

यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’

यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो ।

patra mahanagar.jpg सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रवि लामिछानेको सहयोग , के गर्लान रवि ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस