×
Nepse Bajar Messenger Channel
निफ्राद्वारा नगद लाभांश वितरण शुरु , तपाईको खातामा आयो त् ?



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  (निफ्रा)ले मंसिर १० गते पारित गरेको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।

बैंकले मंसिर १० गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्तापूँजी रू. २१ अर्ब ६० करोडको आधारमा ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

गत वर्ष बोनस दिएको कम्पनीले यस वर्ष कम्पनीले नगद लाभांश मात्र वितरण गर्न थालेको हो । मंसिर २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरिएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूले यथाशीघ्र बैंक खाता अद्यावधिक गराई नगद लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

मंसिर १ गते बुक क्लोज गरेको हुदा कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । मंसिर १ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस