×
बैंक अफ काठमाण्डूको खुद नाफामा सामान्य वृद्धि



बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले खुद नाफा पाँच प्रतिशतले बढाएर २८ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तीन दशमलव १८ प्रतिशत र सञ्चालन मुनाफा पाँच प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने ३४ करोड ४८ लाख रुपैयाँबाट घटेर तीन करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ छ । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा दुई करोड ९२ लाख रुपैयाँ मात्रै छ । यस अवधिमा बैंकको जगेडा कोष तीन दशमलव ४७ प्रतिशतले बढेको छ ।

बैंकको निक्षेप एक दशमलव २३ प्रतिशतले घट्दा कर्जा भने छ दशमलव ६७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ३२ दशमलव २९ गुणा छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस