ANLB 4453.1 47 JBLB 1534 -3 SPC 520 5 KKHC 260 -2 SAPDBL 569.6 -7.4 SPIL 853 -18 SJLIC 477 -7.5 GRDBL 743 5 SKBBL 934 -3 NRIC 803 -5 UAIL 639 -1 VLUCL 588 -1.9 AVYAN 909 -6 UPCL 262.2 -2.7 AHL 651 2 JBBL 351 -3.1 DHPL 242 1 CFCL 647 27.1 SBID83 1098 8.7 RHPL 364 -5.2 LLBS 1050 5 NBF3 9.04 0.17 NICFC 8.97 -0.33 CCBD88 1123.1 6.1 NMB50 10.3 0.05 HBLD83 1056.3 0.3 DOLTI 538 10 KBSH 2386 -9 MEHL 380.1 -19.9 USLB 1467 -2.9 MHL 725 3.5 HATHY 1322 13 SHL 512 -4.5 GLBSL 1600.4 -29.6 SDBD87 1035 4 PBD85 1079.9 19.9 SAHAS 505 28 BOKD86 1040 18 ILBS 980 -21.5 MNBBL 395.8 -0.8
×
एम्बाप्पे गोल्डेनबुटको दाबेदार



कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् ।

प्रतियोगिता अन्त्यतीर आइपुग्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ । विश्वपकको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन ।

केलियन  एमबाप्पे–पाँच गोल
फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।

लियोनेल मेसी–चार गोल
लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्न अभियानमा छ । आफ्नो खेल जिवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन । पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।
ओलिभर जिरौउड–चार गोल
फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन । एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस