×
Lagani
Lagani Shiksha gif
भोलि देखि निष्कासन हुदै एशियन हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



एशियन हाइड्रोपावर लिमिटेडले भोलि देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ। वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलामा जिल्लाको इलाम नगरपालिका-१० , माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४ , तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तिनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५) का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रमा बसोवास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।

यो शेयर स्थानीयमा बासिन्दामा छिटो अवधि पुस १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस २७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित स्थानीयले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयर बाट आवेदन दिन सक्ने छन्।

आर्थिक वर्ष ०७८/७९ सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी रू. २ करोड २९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म रू. १० दशमलव शून्य ३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ८९ दशमलव ६० रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस