×
Lagani
Lagani Shiksha gif
नेयमार भन्छन: क्रोयसियासँग हारेपछि केही समय ‘मानसिक रूपमा क्षतविक्षत भएँ



ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको  पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् ।

शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’

उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ । ’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् । नेमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को पतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित छन् ।

यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस