SINDU 667 -6 GMFIL 623 1 DLBS 1374 30 ALBSL 1040 -4 HLI 472 -4 SRLI 443.1 -4.9 NSIF2 10.52 0.02 NICGF 10.56 -0.28 HDHPC 208.8 -4.1 HBLD83 1056.3 0.3 UNHPL 266 0 ACLBSL 1035 0 CMF1 10.5 -0.2 SHIVM 599 -8 MDB 630 -3.8 RHGCL 388 0 PHCL 465.1 -9.9 SLCF 9.21 -0.1 SBID83 1098 8.7 NICD83/84 1062 -19 SGHC 393.6 0.1 NIBLSTF 8.68 0 ULHC 390 -7.9 DHPL 242 1 NBF2 9.15 -0.05 ADBL 367 -11.1 FOWAD 1479 0 UAIL 639 -1 NIMB 241.9 -9.1 RMF2 9.21 -0.13 RLFL 625 6.9 MLBL 398 -6.9 EBLD85 1105 5 CLI 634 -4.9 SLBBL 958.9 -4.2 HIDCLP 183 -2 SPC 520 5 MLBSL 2000 -26 MKHC 339 -1 SBLD84 1040 19.3
×
नेयमार भन्छन: क्रोयसियासँग हारेपछि केही समय ‘मानसिक रूपमा क्षतविक्षत भएँ



ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको  पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् ।

शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’

उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ । ’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् । नेमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को पतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित छन् ।

यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस