×
देशले दलहरूबीच एकता र साझा सहमति खोजेको छ : माधव नेपाल



एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आमनिर्वाचनपछि देशले राजनीतिक दलहरूबीच साझा सहमति खोजेको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेताहरू अब जनताप्रति बफादार भएर लाग्नुपर्ने औल्याए । उनले भने, ‘जित्नु मात्रै ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्ने उनको जोड छ । अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्न जोड दिए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै अलमल नगरी अगाडि बढ्ने सरकार निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस