×
Lagani
Lagani Shiksha gif
माधव नेपालद्वारा राष्ट्रपति पद अस्विकार, पाँच वर्षभित्र एकपटक प्रधानमन्त्री हुने चाहना



सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद अस्विकार गरेका छन् ।

सत्ता गठबन्धनका ठूला घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबाट नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव आएको खुलेको छ ।तर, नेपालले भने आफू अझै सक्रिय राजनीतिमा रहने भन्दै शेरबहादुर देउवा र प्रचण्डबाट आएको राष्ट्रपति बन्ने अफर अस्विकार गरेका छन् । देउवा र दाहालबाट प्रस्ताव आउनु सकारात्मक भएको भन्दै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk माधव नेपालद्वारा राष्ट्रपति पद अस्विकार, पाँच वर्षभित्र एकपटक प्रधानमन्त्री हुने चाहना

उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन–‘उहाँहरुबाट मलाई राष्ट्रपति बन्ने अफर आएको छ, मैले उहाँहरुलाई त्यो प्रस्तावको लागि धन्यवाद भनेको छु । अहिले मेरो ध्यान पार्टी निर्माणमा नै छ ।’

उनले अझै केही वर्ष आफू सक्रिय राजनीतिमा नै लाग्ने बताउने गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले यही दोहोर्याएका छन् । उनले भने,‘अब म पार्टी बलियो बनाउँछु । वामपन्थीहरुबीच सहकार्य हुन्छ । अहिले एमालेबाहेक प्रचण्डजी र उपेन्द्र यादवजीसँग सहकार्य र एकतासम्मको पहल गर्छु ।’

नेपालले संसद्को आगामी वर्षको कार्यकालभित्रै आफू पनि प्रधानमन्त्री हुनेगरि गठबन्धनमा छलफल भएको र त्यसमै सहमति हुने संकेतपनि गर्ने गरेका छन् । अहिले गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्ने विषय टुँगो लाग्न बाँकी छ । अन्य महत्वपूर्ण पदहरुमा पनि बाँडफाँड हुने बताईएको छ। रिपोटर्स नेपालबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस