VLBS 902.5 -7.5 SMPDA 910 -1 NIBD84 1030 -20 MLBSL 2000 -26 PBLD87 1028 -2 SBL 345 -8.1 GBLBS 738 -10 CIT 2195 0 GBILD86/87 1030 4 HDHPC 208.8 -4.1 SDBD87 1035 4 SLBBL 958.9 -4.2 TAMOR 482.9 -2.1 SGHC 393.6 0.1 IGI 600 -4 AHL 651 2 AKJCL 209 -3 GBBLPO 205 0 ENL 1102 -18 NBF2 9.15 -0.05 NICSF 9.5 0.25 MSLB 1564 -70 CYCL 1540 -7 AKPL 248.5 -2.5 SBLD84 1040 19.3 SAGF 9.31 0.01 LICN 1995.9 -27.1 ADBL 367 -11.1 CBBL 980 1 RMF1 9.15 -0.1 GMFBS 1512.1 -16.9 SIFC 628 10 SPDL 310 5 MANDU 885 -14 HEI 648 -10 MSHL 938 3 NICFC 8.97 -0.33 NUBL 730 2.8 NRN 905 -8 DLBS 1374 30
×
समानुपातिकतर्फको अन्तिम नतिजा सार्बजनिक , कुन दलको कति सांसद ?



निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४,  प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७,  प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस