NICGF 10.56 -0.28 MEL 292 2 SMH 1064.8 5.9 NICAD8283 1169.8 86.8 NICBF 9.3 -0.08 BPCL 449 -7 NUBL 730 2.8 GBBL 447 -6 HATHY 1322 13 KBLD89 1156 1 NICD88 1032 -21 HHL 439 -3.2 JSLBB 1513.9 38.9 MKHL 493 -6 KSBBL 448 -3 ALICL 714.5 -1.2 RBCL 17071 -109 JFL 655 6 HBL 260 -13 HBLD83 1056.3 0.3 ULBSL 3199 37 IGI 600 -4 SGIC 641.2 -4.8 RNLI 495.5 1.5 NBL 292.2 1.2 GBLBS 738 -10 ILI 483.5 -2.5 NWCL 975 -13.9 HRL 861 -4 PMLI 562 1 SMATA 875 -16 NIBSF2 8.9 0.08 DOLTI 538 10 RHPL 364 -5.2 CMF2 9.21 -0.1 MLBBL 1635 15 PCBL 292 -2 NIMB 241.9 -9.1 RAWA 889 29 SAEF 11.22 0.17
×
आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम



सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई  नियमित सरसफाइ गर्न भनेको छ ।

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा  अन्य  प्रकृतिका  फोहोर  मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ । ‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै  प्रकारका  सरकारी  तथा  निजी  कार्यालयहरूले  आफ्नो  परिसरको  फोहोर  मैला  ३५  दिनभित्र  आफैं  व्यवस्थापन  गरी  सहरलाई  सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल  गरी  त्यस्ता  कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस