HEI 648 -10 PRVU 248 -10 BPCL 449 -7 PCBL 292 -2 UMRH 475 -1.9 TSHL 909 -11 MBL 255 -4 SWMF 812 -13 MKCL 1497 -26 CHL 353 0.4 SBL 345 -8.1 AKJCL 209 -3 BHL 440 -13 SIFC 628 10 SPC 520 5 BFC 625 9.1 CLI 634 -4.9 SBLD84 1040 19.3 HURJA 220 -4.6 ADBL 367 -11.1 USHL 783.2 -13.7 ANLB 4453.1 47 MHNL 265.5 -0.5 NLG 1317 2 PMHPL 260 -4 BNHC 466.9 0.7 BGWT 934.9 -21.1 ILBS 980 -21.5 H8020 10.2 -0.05 NMFBS 1435 1 IHL 499 -1 MEHL 380.1 -19.9 CIZBD90 1081 1 CHDC 1684 -35.9 RHPL 364 -5.2 PPL 461 -2.5 API 289.5 2.5 GLH 244 -2 MLBSL 2000 -26 SALICO 747 -9.1
×
पोर्चुगलका २१ बर्षीय रामोस बने कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता।



स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोर्चुगल २१ वर्षे युवा स्टा«इकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए ।

बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ ।  दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए ।

रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१औं मिनेटमा गरे । रामोसले ६७औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

रसिया विश्वकप २०१८ मा दुई ह्याट्रिक भएका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पुरा गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस