×
Lagani
Lagani Shiksha gif
स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल अन्तिम ८ मा।



युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ ।

स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित क्वाटरफाइलनमा मोरक्कोसँगको भेट पक्का गरेको हो ।  कतारको दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए ।

बुधबारै चाँडोगरि सम्पन्न खेलमा पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै मोरक्को क्वाटरफाइलनमा प्रवेश गरेको थियो । यो खेलसँगै क्वाटरफाइलन समिकरण पुरा भएको छ । दुई राष्ट्रबीच क्वाटरफाइनलमा भिडन्त हुँदा इङ्ल्यान्डले फ्रान्स, ब्राजिलले क्रोएसिया र अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस