×
Lagani
Lagani Shiksha gif
नेपाल बैंकको नाफा ३७ दशमलव १४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव १४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड चार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Lagani Shiksha gif

नेपाल बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९८ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार आएको हो । बैंकको कमिशन आम्दानी ४९ दशमलव ९१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष चार दशमलव ६६ प्रतिशत बढेको छ । बैंकको निक्षेप छ दशमलव ३२ प्रतिशत बढेको छ भने कर्जा नौ दशमलव ३९ प्रतिशत बढेको छ ।

त्यसैगरी, नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट चार रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस