KEF 9 0.28 SMH 1064.8 5.9 BHPL 655.1 -12.7 KDBY 9.21 -0.23 AHPC 267 -0.6 BBC 4255 50 RMF1 9.15 -0.1 DHPL 242 1 SPDL 310 5 KBLD89 1156 1 SMJC 574 -6 PBD88 1102.1 2.1 PMHPL 260 -4 KSY 9.22 -0.19 BHL 440 -13 TRH 1118 -5 HIDCLP 183 -2 NLIC 814 -13.4 UAIL 639 -1 KBL 234 -6.9 LVF2 9 0 TPC 465 6 SADBL 419 -1 SBI 482.9 -6 PPCL 262 -5.2 ENL 1102 -18 SBLD84 1040 19.3 HBL 260 -13 BOKD86 1040 18 MND84/85 1030 2 NIBSF2 8.9 0.08 NMBMF 695 -10 LBBLD89 1208.5 23.5 USLB 1467 -2.9 PSF 9.51 -0.09 ULBSL 3199 37 SMPDA 910 -1 SICL 832 0 BGWT 934.9 -21.1 ADBL 367 -11.1
×
रातारात दाङ पुगे लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर



स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पु-याएको छ ।

रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पु-याइएको हो । यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधान नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी समेत दिएका थिए । गृहमन्त्री खाँणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए । तर यी सबका बाबजुद हतारोमा रातको समय पारेर मन्त्रालय सार्न खोज्नुले राजनीतिक द्वन्द्व बढाउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस